सेनाको संख्या पुनरावलोकन गर्ने/नगर्नेबारे बहस जरुरी छः पूर्वमन्त्री पौडेल

सेनाको संख्या पुनरावलोकन गर्ने/नगर्नेबारे बहस जरुरी छः पूर्वमन्त्री पौडेल

केन्द्रबिन्दु
0
Shares

पूर्वपरराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाली सेनाको संख्या पुनरावलोकन हुनुपर्ने तर्क गरेकी छिन् । 

आज राष्ट्रिय सभाको बैठकमा बोल्दै पूर्वमन्त्री पौडेलले द्वन्द्वको समयमा बाध्यताले सेनाको संख्या बढाउनु परेपनि अहिले त्यसको पुनरावलोकन हुनुपर्ने बताएकी हुन् । ‘मैले तीनवटा प्रश्नहरु उठाएको थिए, विशेष गरी रक्षा मन्त्रालयको, नेपाली सेनाको अहिलेको संख्याको पूनरावलोकन गर्नुपर्छ कि भन्ने कुरा हो, वृहत शान्ति सम्झौताको समयमा, माओवादी जनयुद्ध सुरु हुनुभन्दा अगाडि नेपाली सेनाको संख्या ५०, ५५ हजार थियो, जनयुद्धको समयमा सेना परिचालन गर्नुपर्ने हुदाँ त्यो संख्या बढ्यो, पछि वृहत शान्ति सम्झौता हुदाँ सेना कै जनसेनाहरुलाई समायोजन गर्नको लागि बढाइयो, अहिलेको संख्या भनेको जनयुद्ध पश्चात आएको संख्या हो । अहिले युद्ध छैन्, पहिला युद्धको लागि भनेर समायोजन गरिएको बढाईएको सेनाको अहिले पुनरावलोकन हुनु पर्छ कि पर्दैन् ? उनको प्रश्न छ । 

उनले अहिले सेनाले गरिरहेको कामका लागि यो संख्या आवश्यक छ कि छैन् भन्ने कुरा महत्वपूर्ण भएको तर्क गरिन् । ‘अहिले जे काम गरिरहेको छ सेनाले त्यो काम गर्न त्यति सेना चाहिन्छ भने त भइहाल्यो नि यसमा छलफल गर्नुपर्ने केही कारण नै छैन्, हिजो युद्ध थियो बढायौं, अहिले चाहिन्छ कि चाहिदैँन् एउटा परिवेश, अर्को पहिला केन्द्रीकृत शासन थियो, अहिले संघीयतामा गएका छौ त्यसले नेपाली सेनाको संख्यालाई असर पार्छ कि पार्दैन्, मैले खर्च घटाउनको लागि संख्या घटाउनु भनेको होईन्, प्रष्ट पार्न चाहान्छु ।’ उनले भनिन् ।

Logo