अनुगमनमा पुगेका गृहमन्त्री श्रेष्ठलाई प्रश्न- सुन प्रकरणको नाईके तपाईं हो ?

अनुगमनमा पुगेका गृहमन्त्री श्रेष्ठलाई प्रश्न- सुन प्रकरणको नाईके तपाईं हो ?

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सय किलो सुन प्रकरणमा आफ्नो नाम जोडिनु भ्रष्टाचारविरुद्धको अभियानलाई रोक्न सकिन्छ भन्ने नसोच्न चेतावनी दिएका छन्। 

सुन प्रकरणपछि शुक्रबार विहान त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अुनगमनपछि पत्रकारसंग उनले संगठित ढंगले सरकारको भ्रष्टाचार विरोधि अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यो सपना नदेख्न चेतावनी दिएका हुन् । 

सय किलो सुन प्रकरणमा गृहमन्त्री नै यसको नाइके हो भन्ने समाचार आइरहेको छ नि भन्ने प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, ‘तपाईलाई लाग्यो ? त्यस कारण यो प्रश्नै होइन। म चाँहि चुनौति दिन्छु। यो देशको भ्रष्टाचारविरुद्धको अभियानलाई सुशासन स्थापितको अभियानलाई प्रधानमन्त्रीको निर्देशनमा हामीले व्यवहारिक नेतृत्व गरिरहेका छौं। यसमा आम जनताको सर्मथन छ। संगठित ढंगले यसलाई असफल पार्न सकिन्छ भन्ने नसोचे हुन्छ। कसैले नसोचे हुन्छ भ्रम पार्न सकिन्छ। हामी विचलित हुनेवाला छैन।’

उनले कुनैपनि हालतमा अनुसन्धान पुरा गरी दोषिलाई कारबाही गरी छाड्ने प्रतिवद्धता जनाए। आवश्यक परे राज्यका अन्य अंक परिचालन गरेरै भएपनि घटनाको रुटमा पुग्ने उनको दृढता छ। उनले भने,‘जस्तो सुकै र जो सुकै भएपनि यसको नेक्सस र रुटमा पुग्ने गरी अनुसन्धानलाई अगाडि बढाएर कारबाहीको प्रकृयामा जानु पर्छ भन्ने हाम्रो जोड रहेको छ। सरकारको तर्फबाट प्रधानमन्त्रीको यही निर्देशन छ। मैले अहिले पनि सम्बन्धित सबे अधिकारीहरुलाई त्यही रुपमा निर्देशन दिएको छु।’आवश्यकता पर्यो भने अपराध अनुसन्धान विभागले समेत अनुसन्धान थाल्ने उनेको भनाई छ।

भिडियोका लागि यस लिंकमा क्लिक गर्नुहोस्

Skip This
Skip This
Logo