नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राज्यको ढुकुटीमा ८०० अर्ब पैसा हुँदाहुँदै पनि राज्यसंग पैसा नै छैन भन्ने प्रवृति बढेको बताएका छन्।नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य लेखकले राज्यको ढुकुटीमा भएको रकमको ठोस सदुपयोग नभएको बताए।
उनले भने,‘आर्थिक क्षेत्रमा ठोस दृष्टिकोण पुर्याएर छलफल गर्न आवश्यक छ। बजेटमा विकासका पूर्वाधारहरु अगाडि बढ्न नसकेको विकासको काम हुन नसकेको स्थिति छ। बजेटमा राजयसंग पैसा छैन भन्ने छ तर ८०० अर्ब बैंकमा जम्मा भएको अवस्था छ। ८०० अर्ब बैंकमा त्यतिकै बसिरहेको छ अनि हामी भन्छौँ राज्यसंग पैसा छैन,त्यसको उपयोग गर्छौँ कसरी?’
केन्द्रीय सदस्य लेखकले आर्थिक क्षेत्रको विषयमा ठोस निर्णय लिएर अगाडि बढ्नुपर्ने बताए। पार्टी देश र जनताको लागि निमार्ण गर्नुपर्ने पनि उनको भनाइ थियो। राजनीतिक आर्थिक तथा समसामायिक विषयहरु प्रतिवेदनकै रुपमा नआए पनि ठोस निर्णयको रुपमा आउनुपर्ने उनको भनाइ थियो।





























प्रतिक्रिया