सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत हटाउने समाजवादीको निर्णय

सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत हटाउने समाजवादीको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । समाजवादी पार्टी नेपालले समानुपातिक सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । सरकारले गत जेठ ७ मा नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । सोही नक्सालाई संवैधानिक अंग बनाउन जेठ ३१ मा नेपालको संविधान २०७२ को अनुसूची ३ मा रहेको निसान छाप परिवर्तन गर्न मतदान गरिएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि सांसद गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेकी थिइन ।

पार्टीले उक्त विधेयक फिर्तालिन ह्वपी जारी गरेपनि संशोधन प्रस्ताव फिर्ता नलिइ संविधान संशोधनका लागि गरिएको मतदान बहिस्कार गरेकी थिइन् । संसदीय दल सम्बन्धी कानुनी व्यवस्थामा संसदीय दलका सचेतकले जारी गरेको ह्वीप उल्लंघन गर्नेको पद खारेज हुने व्यवस्था छ ।

Logo