काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । दुई दलका शीर्ष नेताहरुबीचको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जनाइएको छ ।
भेतवार्तामा दुबै पार्टीका नेताहरुले कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । सरकारले प्रभावकारी कदम चाल्न नसक्दा महामारी थप फैलिइरहेको उनीहरुको भनाइ छ ।
पार्टीको आन्तरिक द्वन्द्वका कारण हठात चालू संसद अधिवेशन अन्त्य गरिएको विषयमा समेत छलफल भएको जनाइएको छ । भेटवार्तामा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला उपस्थित थिए भने जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र बाबुराम भट्टराई सहभागी थिए ।
प्रतिक्रिया