नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकीकरणका लागि नौ बुँदे प्रस्ताव अघि सारेको छ।
उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी (जसपा)ले समाजवादी मोर्चामा राख्नसमेत अस्विकार गरेपछि बाबुराम भट्टराई नेतृत्व नेसपा अहिले बाहिर परेको हो। माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्दै समावादी मोर्चामासमेत सहभागि हुने तयारीका साथ नेसपाले एकताका लागि संवाद समिति गठन गरेको छ।
नेसपा संवाद समिति संयोजक गंगानारायण श्रेष्ठले पार्टीको तर्फबाट तयार पारेको प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका छन्। दुई पार्टी एकता भएपछि नाम, पार्टीको झन्डा,चुनाव चिन्ह्र परिर्वतन गर्न प्रस्ताव गरिएको हो।
आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरोमा समायोजन गर्नुपर्ने पनि जनाएको छ।
एक व्यक्ति, एक पद, दुई कार्यकालको अवधारणा अघि सार्दै नेसपाको पार्टी एकताको प्रस्तावमा भनिएको छ,‘सामान्यतः पार्टीले एक व्यक्ति, एक कार्यकारी पद र अधिकतम दुई कार्यकाललाई पालना गर्नेछ। आवश्यक परेमा माथिल्लो समितिको सदस्य तल्लो समितिमा पदाधिकारीसम्म बन्न सक्ने छ।’
नेपाले अघि सारेको पार्टी एकतको प्रस्तावमा साउन १७ देखि काठमाडौँमा सुरु हुने माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताइएको छ।





























प्रतिक्रिया