गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाउँदैछः शंकर पोखरेल

गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाउँदैछः शंकर पोखरेल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाइरहेको दाबी गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाईराखेको बताएका हुन् । उनले एउटा प्रधानमन्त्रीले औसत सवा वर्ष पनि नेतृत्व गर्न पाउँदैन् भने त्यसले देशको नृतृत्व र विकास कसरी गर्छ भनेर प्रश्न उठाए । 

उनले भने,‘यति बेला हाम्रो राज्य चुनौतीहरुको बीचबाट गुज्रिरहेको छ । एकतातिर राजनीतिक अस्थिरता र अराजकताको चुनौतीले सीमा नाघेको छ । अहिलेको सत्ता गठबन्धनले आलोपालोको नाममा अनेक प्रधानमन्त्री जन्माउने योजना बनाईराखेको छ । एउटा प्रधानमन्त्री औसतको सवा वर्ष पनि नेतृत्व गर्न पाउँदैन् भने त्यसले देशको नेतृत्व र विकास कसरी गर्न सक्छ ।’ 

महासचिव पोखरेलले नेपाली कांग्रेसको नेतृत्वको बेला सँगै लडेका योद्धाहरुलाई दमन गर्ने काम भएको भन्दै मुक्तिसेनाको भावना र दमन गर्नेको विरुद्धमा आवाज उठाउन खोज्दा एमाले प्रतिवन्धित हुने स्थिति उत्पन्न भएको स्मरण गरे । 

Logo