प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसूची यथावत रहने

प्रतिनिधिसभा बैठक बस्दै, टोपबहादुरको पद निलम्बनको कार्यसूची यथावत रहने

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजे बोलाइएको छ।

संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पूर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्। 

यसैगरी, हिजाे नै तय भएकाे कार्यसूची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने छ ।

साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने  तथा राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्ने कार्यसूचीलाई यथावत राखिनेछ ।

Logo