सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी तिरै घुम्छः बिष्णु रिजाल

सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी तिरै घुम्छः बिष्णु रिजाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन्।सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन्।  

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ। पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क,खानपिन, बस उठ,नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन्, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो-यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन।’ 

उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन्।‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ।’

Logo