कमल थापा फेरि राजसंस्थाकै लाइनमा

कमल थापा फेरि राजसंस्थाकै लाइनमा

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द शाहसंग असहमति राख्दै राजसंस्थाको सिद्धान्त त्यागेका राप्रपा नेपालका अध्यक्ष कमल थापा अन्तत राजसंस्था पुनस्थापनका लागि आन्दोलन गर्ने निष्कर्षमा पुगेका छन्।

राप्रपाका पूर्वनेता तारानाथ लुइटेलको संयोजकत्वमा रहेको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा र राप्रपा नेपालबीच एकीकरणको सहमतिसंगै थापाले राजसंस्था स्वीकारेका हुन्।

आज औपचारिक कार्यक्रम गरि मोर्चा र राप्रपा नेपालबीच एकता घोषणा हुने संयोजक लुइटेलले जानकारी दिए। उनले कमल थापा पनि राजसंस्थाको एजेण्डामा आएकोले एकीकरण गरेर आन्दोलनमा जान लागेको बताए।

नेता लुइटेलले बैदिक सनातक हिन्दु अधिराज्य नेपाल र राजसंस्था स्थापनका लािग सडक आन्दोलन गर्ने तयारी भएको पनि जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीको गत महाधिवेशनमा राजेन्द्र लिङदेनसंग पराजित भएसंगै राजा ज्ञानेन्द्रले आफूलाई षडयन्त्रपूर्वक हराएको भन्दै थापा राप्रपाबाट अलग भएका थिए। राप्रपाबाट अलग्गिएको केहि समयपछि उन्ले राप्रपा नेपाल ब्युँताएका थिए। 

उनले आफ्नो नीतिमा सनातन हिन्दुराष्ट्रको मुद्दा नछोडेपनि राजसंस्था त्यागेको घोषणा गरेका थिए। अब मोर्चासंगको एकीकरणसंगै थापाले फेरि राजसंस्थाको मुद्दा बोकेर आन्दोलनमा जाने तयारी थालेका हुन्। 

Logo