माओवादी स्थायी कमिटी बैठक जारी

माओवादी स्थायी कमिटी बैठक जारी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।

आजबाट सुरु हुन लागेको केन्द्रिय समिति बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो,सो लगत्तै स्थायी कमिटी बैठक बोलाइएको थियो। बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ। 

पाँच दिनसम्म जारी हुने केन्द्रिय समिति बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे पदाधिकारी बैठक बसेको हो र सो लगत्तै स्थायी कमिटी बैठक बोलाएर पदाधिकारी बैठकले पारित गरेका अजेन्डा अनुमोदन गर्ने कार्यसुची रहेको छ। 

पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको सो बैठकले केन्द्रिय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि ११ बजे देखी सुरु हुने भनिएको केन्द्रिय समितिमा प्रस्तुत हुनेछ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

Skip This
Skip This
Logo