सभामुख छाडेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने

सभामुख छाडेका बाबुरामलाई माओवादी केन्द्रले मन्त्री बनाउने

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेशको सरकार गठनका लागि सभामुख पदबाट राजीनामा दिएका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले मन्त्री बनाउने भएको छ। माओवादी केन्द्र स्रोतका अनुसार उद्धव थापा नेतृत्वको सरकारमा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी छ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बाबुराम गौतमलाई पार्टीले सरकारमा पठाउने जानकारी दिए। सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् । 

Skip This
Skip This
Logo