माओवादी केन्द्रद्वारा २२ जना केन्द्रीय सदस्य थप

माओवादी केन्द्रद्वारा २२ जना केन्द्रीय सदस्य थप

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रमा थप २२ जना केन्द्रीय सदस्य थपिएका छन् । 

बुधबारदेखि जारी रहेको केन्द्रीय समिति बैठकले पार्टी विधानअनुसार ३५ प्रतिशत महिला पुर्‍याउन २२ जना सदस्य थप गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ। पार्टी संगठन भद्दा भयो भनेर नेताहरुले आलोचना गरिरहेको बेलामा माओवादीले झन केन्द्रीय सदस्य थप गरेको हो ।

बैठक पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे विचारको बहसमा केन्द्रित भएर चलिरहेको वैकल्पिक केन्द्रीय सदस्य भोला सापकोटाले बताए । उनले भने, ‘बैठकमा सुन प्रकरणमा पनि कोही दोषी छ भने छाड्नु हुन्न । आफैभित्र पनि निर्मम बन्न तयार हुनुपर्छ भन्ने नेताहरुको सरकारलाई दबाब छ ।’

त्यसो त आजको ६८ जनाले बोलेको प्रवक्ता कृष्णबहादुर महराले बताए । नेताहरुले जनतामा गएर बोलेअनुसार काम गर्नुपर्छ भनेर सुझाव दिएको बताए । उनले केन्द्रीय कमिटी घटाउनेबारे नेताहरुले सुझाव दिएको उल्लेख गर्दै विधान सम्मेलनबाट सबै टुंग्याउने बताए । 

यस्तै, पार्टी किटान नगरेपनि सिद्धान्त र विचार मिल्नेहरुसँग एकता गर्न नेताहरुले सुझाव दिएको बताए ।

Logo