भारतको गौरीकुण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न कांग्रेसको माग

भारतको गौरीकुण्डमा पहिरोमा परेर बेपत्ता नेपाली नागरिकको खोजी गर्न कांग्रेसको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक वेपत्ता भएको खबरप्रति दु:ख व्यक्त गरेको छ । 

शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भएको उल्लेख गर्दै यस दु:खद घटनामा बेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गरेको छ । 

कांग्रेसले वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न माग पनि गरेको छ । 

Skip This
Skip This
Logo