पासपोर्टमा सहजीकरणको लागि आवश्यक निर्देशन दिएको छुः मन्त्री साउद

पासपोर्टमा सहजीकरणको लागि आवश्यक निर्देशन दिएको छुः मन्त्री साउद

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री एनपी साउदले पासपोर्टको विषयमा सहजीकरणको लागि आवश्यक निर्देशन दिएको बताएका छन् । 

आईतबार काठमाडौंमा आयोजित प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाईन माध्यमबाट प्रमाणीकरण गर्ने कार्यको शुभारम्भ गर्ने कार्यक्रममा मन्त्री साउदले पासपोर्ट बनाउँन भीड हुने समस्या भएकोले राज्यले प्रबन्ध गर्नुपर्ने सेवा सुविधा एकैठाउँबाट स्तरीय दिन सकेमा प्रशासनिक काममा पनि सहजीकरण हुने भन्दै आवश्यक निर्देशन दिएको बताएका हुन् 

उनले भने,‘पासपोर्ट बनाउन भीड हुने सन्दर्भमा सरकारमा उच्च स्थरमा छलफल गरिरहेका छौं । वायोमेट्रिकदेखि लिएर बिभिन्न कुरा एकै सरकारले हाम्रै सरकारी कार्यालयले पटक पटक ठाउँ ठाउँबाट किन गर्ने जुन ठाउँबाट यस्ता सेवा सुविधा राज्यले प्रबन्ध गर्नुपर्ने त्यो एकैठाउँबाट स्तरीय दिन सक्यौ भने समय वर्वाद पनि गर्दैन र प्रशाासनीक काम पनि सहजीकरण हुन्छ । त्यसैले पासपोर्टमा पनि आवश्यक सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।’

उनले विगतमा छिमेकी देशसँग भएको असन्तुलित सम्बन्धलाई सन्तुलनमा ल्याउने कोशिस गरिरहेको बताए । 

Skip This
Skip This
Logo