माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसले के पाए जिम्मेवारी ?

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर, कसले के पाए जिम्मेवारी ?

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले नेताहरूको विभाग फेरबदल गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको माओवादी पदाधिकारी बैठकले नेताहरूकाे विभाग फेरबदल गरेको हो । 

बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । साथै उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा र अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिइएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । 

बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकिएका छन् भने अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिइएकाे छ ।  

त्यस्तै, सचिव देवेन्द्र पौडेलले मधेश प्रदेश इन्चार्जकाे जिम्मेवारी पाएका छन् भने सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाललाई जिम्मेवारी तोकिएको छ । 

Logo