नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधारले नेकपा एमालेसंग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्नेगरी छलफल थालिएको बताएका छन् ।
आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उपमहासचिव तुलाधरले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटव्युरोको बैठकमा समेत एमालेसंगको विद्रोह र औचित्य स्थापित गर्ने गरी जोडदार छलफल हुने बताएका हुन् ।
‘हामी सम्भवत माघको दोस्रो सातातिर पार्टीको महाधिवेशन गछौं होला र त्यो महाधिवेशन अगाडि कमसेकमपनि एक लाख सदस्य बनाउने टार्गेट हामीले पूरा गर्नुपर्ने हुन्छ । त्यहिएकलाख सदस्यबाट नै आगामी केन्द्रीय कमिटी निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो समग्र मनशाह भनेको मन,वचन र कर्मले हामीले बलियो, विस्वासिलो, भरपर्दो र रहरलाग्दो पार्टी बनाउने लक्ष्य छ । विद्रोहको औचित्य पनि त्यहिबाट स्थापित र पुष्टि हुन्छ भन्ने हाम्रो विश्वास छ ।यि सबै कुराले गर्दा अहिले यिनै विषयमा मनग्य छलफल भैरहेको छ ।’उनले भने ।
उनले पार्टीका नेताले आफू र पार्टीको कार्यलाई समेत केन्द्रमा राखेर आत्मालोचनासहित खुलस्त र निर्मम समीक्षा गरिरहेको जिकिर गरे ।
प्रतिक्रिया