राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशलाई हिन्दु राष्ट्र घोषणा गर्न ढिला भइसकेको तर्क गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ८१ प्रतिशत भन्दा धेरै हिन्दुहरु भएको नेपाल धर्मनिरपेक्ष नभएर हिन्दु राष्ट्र बनाउन ढिला भइसकेको बताएका हुन् । हिन्दु परम्परा,गौरवर संस्कृतिलाई हिन्दु आफैंले बोक्नलाई लाज मान्न थालेको भन्दै उनले असन्तुष्टि जनाए ।
हजारौं वर्षबाट अस्तिस्वमा रहेको वैभवशाली परम्परा, धर्म संस्कृतिलाई संरक्षण गर्नुपर्ने तर्क गर्दै लिङ्देनले भने, ‘वैभवशाली हाम्रो धर्म,परम्परा,संस्कृति जसलाई हामीले गौरवका साथ बोक्न लाज मान्न थाल्यौ ।’
उनले धार्मिक संघसंस्थामा रहेका अगुवाहरुले समेत धर्म निरपेक्षलाई अवलम्बन गरेका प्रति असतुष्टि पोखे । उनले भने, ‘धार्मिक संघसंस्थाहरुमा हिन्दुधर्मसंग सम्बन्धित अगुवाहरु र कतिठाउँमा गुरुहरुसमेत ठिकै छ धर्म निरपेक्ष भएर के छर,पूजाआजा गर्न पाएकै छौं,पुराण भन्न पाएकै छौं,मन्दिर जान पाएकै छौं,केही विग्रेको छैन् तपार्इंहरु गर्दै गर्नुहोस् भन्नेहरु पनि हुनुहुन्छ । म फेरी पनि भन्छु ढिलो हुने छ हामी सबैमा जागरण र चेतना आओस् ।’





























प्रतिक्रिया