सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको विकासले देशको मानिस मात्रै नभई सेवासमेत निर्यात गर्ने अवस्था पुगेको बताएकी छन् ।
आईतबार काठमाडौंमा भुवन चैत्य बसुन्धरा फाउण्डेशनद्वारा आयोजित सर्जक स्रष्टालाई पुरस्कार अर्पण समारोहमा मन्त्री शर्माले यूवाहरुमा देशमा रोजगार पाईदैँन विदेश जानुपर्छ भन्ने धारणा मात्र भईरहेको बेला प्रविधको विकासले देशले मानिस मात्र नभई सेवा निर्यात गर्ने अवस्थामा पुगेको बताएकी हुन् ।
उनले भनिन्, ‘यूवाहरुमा यहाँ रोजगार पाईदैँन विदेश जानुपर्छ भन्ने थियो । आज प्रविधिको विकासले गर्दा हामीले मानिस होईन सेवा निर्यात गर्ने अवस्था पुगेका छौं। यस क्षेत्रमा राष्ट्रिय तथा अन्राष्ट्रिय स्तरमा भएको विकास र सम्भावनाको खोजी गर्ने काम हामी बाहिर नगई यहिबाट गर्न सक्छौं ।’
उनले अहिले सिनेमा क्षेत्रमा आएका नयाँ पुस्ताहरु र उनीहरुले गरेको योगदानलाई सबैले सम्मान गर्न आवश्यक रहेको बताइन् । चलचित्रक्षेत्रको विकासको लागि मन्त्रालय र सरकार सधैँ सकारात्मक रहेको उनको भनाई छ ।































प्रतिक्रिया