रवि लामिछानेको आक्रोश- संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ

रवि लामिछानेको आक्रोश- संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख तीन दलका शीर्ष नेताबीचको गोप्य छलफललाई लिएर आक्रोश पोखेका छन् । 

प्रतिनिधिसभाको बैठक रोक्दै नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेता छलफलमा बसेपछि सांसदसमेत रहेका लामिछानेले वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दै गएको टिप्पणी गरेका हुन् ।  

‘वर्षौं देखि देशलाई कसरी प्यारलाईज्ड् गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं। कयौं कानुन बनाउनु पर्ने छ, कयौं कानुनमा संशोधन छ्न्। जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ। तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ। दु:खद..’ उनले भनेका छन् । 

Skip This
Skip This
Logo