सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो -ल्हारकाल लामा

सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दियो -ल्हारकाल लामा

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनित भएका डा. ल्हारकाल लामाले आफुलाई योग्य ठानेर सरकारले जिम्मेवारी प्रदान गरेको बताएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले आफू बुद्धको उपदेशबाट एक इञ्च दायाँबायाँ नहिँडेको र आफ्नो जीवन दर्शन नै त्यही भएको बताएका छन् । तर लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको आफ्नो नियुक्ति पछि केही सञ्चार माध्यमले आफूमाथि गम्भीर लाञ्छना लगाएको गुनासो उनको छ ।  

उनले भने, ‘विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यहीबेला मविरुद्ध यस्ता लान्छना लगाउने गिरोह र मिडिया सधैं संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरु एउटै जमात छन् । उनीहरुले लगाएका अभियोगहरुको अदालती परीक्षणमा समेत मैले सधैं सफाइ पाएको छु तर जब उनीहरुको स्वार्थमा धक्का लाग्छ,तब मविरुद्ध समाचारका खेती हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अपहेलना हो ।’ 

संविधान सभा सदस्य,व्यवस्थापिका संसदको सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरुमा आफुले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ । तर जब देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यतिबेला अवरोध सिर्जना गर्ने नियतले आफूविरुद्ध विभिन्न अफवाहहरु फैलाइने गरेको गुनासो पनि उनले गरे । 

उपाध्यक्ष लामाले अगाडि भने, ‘म हेलम्बुजस्तो दुर्गम गाउँमा गरीव आदिवासी जनजाति परिवारमा जन्मिनु, मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिनँ । कहिले नागरिकताको प्रश्न उठाए,कहिले सम्पत्ति शुद्धीकरणको । कहिले हातहतियारको त कहिले ठगीको । तर ती सबै मविरुद्ध र मैले अबलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् ।’ 

लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर आफ्नो लागि भने गहन जिम्मेवारी भएको पनि उपाध्यक्ष लामाले बताए ।

Skip This
Skip This
Logo