राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा आफूहरु निकम्मा भएको टिप्पणी गरेका छन् ।
सोमबार संसदहरुमा शीर्ष तीन दलका नेताहरुबीचको छलफल पछि सांसद परियारले संसद बन्द गर्ने कुराको आफूहरुको समर्थन नरहने भन्दै प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्ल्दा सबै निकम्मा भएको बताएका हुन् । उनले भने,‘संसद बन्द गर्ने कुराको समर्थन हामी कहिँल्यै गर्देनौँ । हामीले चाहेर पनि सदन खुलाउन सक्दैनौं यस्को आफ्नै नियमहरु छन् । प्रतिपक्ष र सत्ता पक्षको कुरा नमिल्दा निकम्मा भएका छौं ।’
सांसद परियारले नेताहरुको जड्ताले सदनलाई लामो समयसम्म बन्दी बनाएको गुनासो गर्दे भने,‘हामीले सम्मानित सभामुखलाई प्रधानमन्त्रीलाई भन्ने हो यहाँ जनताको मुद्दा उठाउँन पाईएन सदन त जनताको हो ।’





























प्रतिक्रिया