नेकपा माओवादी केन्द्रका नेता रामनारायण बिडारीले प्रतिपक्षी नेकपा एमालेलाई सरकारी गाडी नचढी आएर संसद अवरोध गर्न चुतौती दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित संसदको अवरोध, ललितानिवासदेखि सुन तस्करी प्रकरणसम्मका विषयमा विशेष साक्षात्कार कार्यक्रममा सांसद विडारीले एमालेले राज्यको ढुकुटीबाट तलवभत्ता खाएर संसद अवरुद्ध गरेको आरोप लगाएका हुन् । उनले सरकारी गाडी नचढी आएर नारा लगाएर संसद अवरोध गर्न एमालेलाई चुनौतीसमेत दिए ।
उनले भने, ‘एमालेलाई संसद अवरोध गर्ने हो भने एउटा चुनौतीका साथ भन्छु । सरकारी गाडि नचढी आउनु, त्यो दिनको भत्ता नखानु । त्यो दिनको तलब नलिनु सरकारी गार्डहरु हटाउनु अनि ल्याख्रयाक-ल्याख्रयाक आएर नारा लगाउनु होस्, त्याे गर्न सक्नुहुन्छ ? राज्यको ढुकुटी बाट ग्वामग्वाम खाँदै ठूलो भुँडी पल्टाउँदै अनि संसद अवरुद्ध गर्ने ? ’
माओवादी सांसद विडारीले संसद अवरुद्ध गर्नु भनेको जनताप्रति अपराध भएको टिप्पणी गर्दै भने- ‘संसद अवरुद्ध गर्नु हुँदैन् । किनकी जनताका प्रतिनिधिले बोल्न पाउँदैन् । र जनतापनि सुसूचित हुन पाउँदैनन् । संसारभरका सबै मानिसले संसदलाई सुन्छ ।’





























प्रतिक्रिया