संसदको गतिरोध अन्त्यका लागि शीर्ष तीन दलको बैठक बालुवाटारमा जारी

संसदको गतिरोध अन्त्यका लागि शीर्ष तीन दलको बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल सुरु भएको छ।

सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुबै बैठक निर्णयमा पुग्न नसक्दा आज पुनः १० बजेको लागि बोलाइएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा नै छलफल केन्द्रित रहेको एमाले सचेतक महेश बर्ताैलाले जानकारी दिए। 

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्ष विहीन बनेको थियो। 

मंगलबार जारी बैठकमा संसदको गतिरोध अन्त्यको लागि थप छलफल मार्फत संसद सुचारु गर्ने सरकारको तयारी अनुसार दिउँसो ३ बजेको लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो। 

Logo