सदनकाे अवरोध हटाउन एमाले सहमत

सदनकाे अवरोध हटाउन एमाले सहमत

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा सो सहमति जुटेको हो ।

एमालेले एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै केही दिनयता लगाातार सदन अवरुद्ध गर्दै आएको थियो । सोमबार सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ । अब बैठकमा उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिनेछन् । गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने पनि एमालेको तयारी छ ।  

बैठकपछि एमालेका सचेतक महेश बर्तौलाले भने- ‘सरकार आफ्नो अडानमा रह्यो,उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदाहुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमति बनेको छ ।’

बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा दलका प्रमुख सचेतकहरू सहभागी थिए ।  

Logo