नेकपा एमालेले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै उनीमाथि छानविन कसले गर्ने भन्दै प्रश्न उठाएको छ ।
आजको प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले आफूहरुको शंका गृहमन्त्री र प्रधानमन्त्री कार्यालयमाथि समेत रहेको भन्दै सरकारी संयन्त्रले सुन प्रकरणमा गर्ने छानविन मान्य नहुने चेतावनी दिएका हुन् ।
उनले भने ‘गृहमन्त्रीजी तपाईको पोलिटिकल को छ ? फिल्ड कमिसार को छ ?तपाईको आदेश फिल्ड कमिसारले मानेको छैन् कि ? फिल्ड कमिसारको सूचना तपाईले भेरिफाई गर्नु भएको छैन । हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्रीजीसंग पनि बयान कस्ले लिन्छ ? के सिआइबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ? अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ । प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ । राष्ट्रिय अनुसन्धान विभागमाथि हाम्रो प्रश्न छ । यत्रा निकाय त्रिभूवन विमानस्थलमा हुदाँ ती कहाँ सुतेका थिए । यिनीहरुमाथि कस्ले प्रश्न उठाउँछ ? ’
उच्चस्तरिय छानविन समिति गठन भए आन्दोलन जारी रहने बताएका उनले समिति गठनबारे भोटिङ गर्न माग गरे । उनले भने ‘भोटिङ गरौं समिति गठनका लागि । यदी त्यसका लागि नबनाउ भन्यो भने मान्न तयार छौँ ।’
पहिलोपटक यस विषयमा हाम्रो पार्टीले कुरा उठायो, त्यसमा प्रतिपक्ष दलका सबै सांसदहरुले यसबारे कुरा उठाउँदा पनि सरकारले नसुनेको उनको भनाई छ । सुन काण्डमा उच्चस्तरिय छानविन समिति चाहिन्छ भन्ने कुराको राष्ट्रिय सहमति रहेको दाबी गरेका उनले छानविन समिति नबने सदन चल्न नदिने संकेत गरे ।





























प्रतिक्रिया