३३ किलो सुन ल्याँइदा कांग्रेसकाे सरकार थियोः एमाले नेता रिजाल

३३ किलो सुन ल्याँइदा कांग्रेसकाे सरकार थियोः एमाले नेता रिजाल


३३ केजी सुन नेपाल भित्राउँदा कांग्रेसको सरकार रहेको जनाईएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता बिष्णु रिजालले सो सुन ल्याउँदा कांग्रेस नेतृत्वको सरकार रहेको जनाएका हुन ।  

‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले भनेका छन, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’ 

स‌सदमा सुन  प्रकरणलाइ लिएर  बादबिबाद भइरहदाँ रिजालकाे याे टिप्पणी सामाजिक सञ्जालबाट सार्बजनिक भएकाे हाे । 

Logo