संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक

संसद् बैठकअघि सभामुखले बोलाए कार्यव्यवस्थाको बैठक


प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ । सभामुख देवराज घिमिरले बिहान साढे ११ बजे बस्ने गरी कार्यव्यवस्थाको बैठक बोलाएका हुन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने सभामुखको सचिवालयले जानकारी दिएको छ । बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल हुनेछ । संसद् बैठकअघि कार्यव्यवस्थाको बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक आजै दिउँसो १ बजे बस्ने तय छ । करिब १०० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

Logo