संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मुलुकले जनजातिको बहसलाई समयमा नै चिन्न नसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित २९औं विश्व आदिवासी दिवस २०८० को अवसरमा मन्त्री मोदीले संविधान निर्माण गर्दै गर्दा पनि राज्य चुकेको बताएका हुन् । उनले भने ‘ जतिवेला हामी संविधानसभा निमार्णको क्रममा थियौं, त्यति बेला जनजातिहरु आफ्नो अधिकारको क्रममा बहस गर्दै थिए, त्यति बेला हामीले चिनेनौं । संविधान निमार्णको क्रममा बाख्राको गोठालो चितुवालाई बनाई दिएपछि बाख्रा खोजेर पाईँन्थ्यो र ? ’
मन्त्री मोदीले सत्तामा र नेतृत्वमा हुनेहरुले बोलेर मात्र नहुने, हरेक तवरबाट विभिन्न आदिवासी तथा जनजातिको हक अधिकारको निम्ति काम गर्नुपर्ने पनि बताए ।





























प्रतिक्रिया