उपसभामुख मगरको प्रश्नः उप-चुप मात्रै भन्छन्, के म मतवालीको छोरी भएर हो ?

उपसभामुख मगरको प्रश्नः उप-चुप मात्रै भन्छन्, के म मतवालीको छोरी भएर हो ?

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले आफूलाई बोल्न नदिएको गुनासो गरेकी छन् । 

बुधबार काठमाडौंमा २९औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले उप-चुप भन्ने गरिएको र आफूलाई बोल्न नदिएको भन्दै संविधानको न्यायपूर्ण ढंगले डेलिभरी नभएको धारणा राखिन् । उनले उपसभामुखले चुप लाग्नुपर्छ भनेर संविधानले कहाँ लेखेको छ भन्दै प्रश्न पनि गरिन् । 

‘आज प्रतिनिधि सभामा हेर्नुहोस् लाइभ कति जना महिलाहरुले बोल्नुहुन्छ ? साँच्चै ३३ प्रतिशत महिलाले बोल्न पाइरहेका छन् त ? हिजो कति ५/६ दिनपछि संसद खुल्यो, अब उपसभामुखले यो बोल्नु हुँदैन रे, उप-चुप जहिले पनि मलाई । त्यो संविधानले कहाँ लेखेको छ उप चुप भनेर ? नियमवलीमा कहाँ लेखेको छ, उप चुप भनेर । परिसरमा पो मैले बोल्न मिल्दैन त, बाहिर विचार राख्नकिन मिल्दैन मैले ? कि म पनि मगर, मतवालीको छोरी भएर हो की ? यो मेरो प्रश्न छ ।’

उपसभामुख रानाले आफू जनजातिकै छोरी भएको कारण बोल्न नदिएको हो कि भनेर संशय प्रकट गरिन् । साथै उनले महिलाको आदर नभएको गुनासो मात्रै गरिनन् देशमा सुशासनभन्दा कुशासन बढी भएको दाबी गरिन् । 

Skip This
Skip This
Logo