निवर्तमान संघीय मामिला तथा प्रशासनमन्त्री अमनलाल मोदीले निजामति ऐन संसदबाट पास हुन नसकेकाेप्रति दुःख व्यक्त गरेका छन् ।
मन्त्रीबाट विदा हुँदै गर्दा सोमबार आयोजित पत्रकार सम्मेलनमा मोदीले आफूले मन्त्री परिषद्मा लगेको ऐन संसदबाट पास हुन सकेको भए आफ्नो ईतिहास नै बन्थ्यो भन्दै सो काम पूरा नभएकोमा चित्त दुखाएका हुन् ।
उनले भने,‘मन्त्री परिषद्मा निजामति ऐन लगे । त्यो संसदबाट पास हुन सकेको भए मेरो पनि ईतिहास नै बन्थ्यो । यद्यपी मन्त्री परिषद्सम्म लगेको सुखद लाग्यो ।’
मन्त्रालयमा ट्रयाक र नयाँ थिति बसाउनका लागि प्रयाप्त समय नपाएको मोदीको भनाई छ । साथै संघीय मामीला तथा प्रशासन मन्त्रालय एकदमै विवादीत मन्त्रालय रहेको भन्दै नयाँ आउनेलाई सचेत रहन आग्र गरे । उनले भने,‘एउटा ट्रयाक नयाँ थिति बसाउनको लागि छोटो समय भयो कि भन्ने कहिलेकाँही लाग्छ । अझै अलिकति, एक वर्ष भएको भए यो ट्रयाक बसाएर निस्कन्छु आफै भन्थे। सँधै बस्यो भने विवादीत हुन्छ । यो एकदमै विवादीत मन्त्रालय हो यहाँ एकदम सचेत हुनुनपर्छ नयाँ साथीले ।’































प्रतिक्रिया