उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिएको समस्या समाधान गर्न एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न निर्देशन दिने भएका छन् ।
सोमबार गृहमन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको चौथो त्रैमासिक वार्षिक समीक्षा बैठकको निर्णय सुनाउँदै गृहमन्त्री श्रेष्ठले उक्त निर्देशन दिने निर्णय गरेको जानकारी दिएका हुन् । उनले भने,‘त्रिभूवन अन्तराष्ट्रिय अध्यागमन कार्यलयमा सर्भरमा देखिने समस्या समाधान गर्न अध्यागमनले एयरलाईन डाटा सेञ्चुरी स्थापना गर्न शीघ्ररुपमा काम गर्न निर्देशन दिईनेछ ।’
गृहमन्त्री श्रेष्ठले राष्ट्रिय परिचय पत्रको छपाई भएका कार्डहरु शीघ्र वितरण व्यवस्था मिलाउँने र बाँकी जिल्लाहरुको शीघ्र छपाईको व्यस्था मिलाउने, तोकेको समयभित्र नै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही नवीकरणको लागि स्थानीय तहसँग समन्वय, सबै वडा कार्यालयहरुमा अनलाईन घट्ना दर्ता सञ्चालनमा पहल लगायतका निर्णय भएको जानकारी दिए ।





























प्रतिक्रिया