लगातार संसद अवरुद्धः तीन संकल्प प्रस्ताव र सार्वजनिक जरुरीका प्रस्ताव प्रभावित

लगातार संसद अवरुद्धः तीन संकल्प प्रस्ताव र सार्वजनिक जरुरीका प्रस्ताव प्रभावित

केन्द्रबिन्दु
0
Shares

सुन तस्करी प्रकरणका कारण लामो समयदेखि संसद अवरुद्ध हुदा संसदका काम कारबाहीमा गम्भीर असर पर्दै गएको छ । 

राष्ट्रपति, सभामुखदेखि शीर्ष नेताबीच संसद खुलाउन बारम्बार प्रयास भएपनि संसद प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा दर्ता भएका तीन संकल्प प्रस्ताव र तीन सार्वजनिक जरुरीका प्रस्ताव प्रभावित भएको संसद सचिवालयका सहसचिव एकराम गिरीले जानकारी दिए । 

प्रतिपक्षी दल नेकपा एमालेले सुन प्रकरणमा गृहमन्त्रीको जवाफ माग्दै साउन १० गतेदेखि हालसम्म संसद अवरुद्ध गर्दै आएको छ । लामो समयदेखि संसद चल्न नसक्दा संसदमा दर्ता संकल्प प्रस्ताव तथा सार्वजनिक महत्वका प्रस्तावमाथि सुनुवाइ हुन सकेको छैन । प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा दर्ता भएका तीन संकल्प प्रस्ताव र तीन सार्वजनिक जरुरीका प्रस्ताव प्रभावित भएको संसद सचिवालयका सहसचिव एकराम गिरीले जानकारी दिए । 

उनले भने, ‘संसद चल्न नसक्दा संसदमा दर्ता संकल्प प्रस्ताव तथा सार्वजनिक महत्वका प्रस्तावमाथि सुनुवाइ हुन सकेको छैन । प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा दर्ता भएका तीन संकल्प प्रस्ताव र तीन सार्वजनिक जरुरीका प्रस्ताव प्रभावित भएको छ ।’ 

हाल संसदमा दर्ता भएका ६ वटा प्रस्ताव सबै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरुले दर्ता गराएका हुन् । संकल्प प्रस्तावमा नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाई अमेरिका पठाउँने विषयमाथि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने सुमना श्रेष्ठले दर्ता गराएकी छन् । बढ्दो डेंगुलाई नियन्तण गर्ने विषयमा प्रभावकारी काम गर्ने सकल्प विराजभक्त श्रेष्ठ लगायतका संसदले दर्ता गराएका छन् । साथै सार्वजनिक महत्वका प्रस्तावमा रवि लामिछाने लगायतका संसदले सुन प्रकरणको प्रभावकारी छानबिन,लम्पी स्कृन लगायतका विषयको प्रस्ताव संसदमा दर्ता भएको सह९सचिव गिरीको भनाई छ । 

उनले भने, ‘सबै संकल्प प्रस्तावहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले दर्ता गराउनु भएको छ , अन्य दलको तर्फबाट संकल्प प्रस्ताव आएको छैन । ’ 

सुन तस्करी प्रक्ररणमा राज्यकै एउटा संयन्त्रले गरिरहेको छानविनमा अविश्वास गर्दै २० दिनदेखि संसद अवरोध  छ । सुन प्रकरणका विषयलाई लिएर संसदमा राजनीतिक दलहरु आरोप पत्यारोपमा उत्रिँदा संसदमा दर्ता भएका संकल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्तावमाथि छलफल हुन सकेको छैन । संसद बन्दक बन्दा पछिल्लो समय बाढी पहिरोले देशका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याउँदा पनि संसदहरुले सदनमा जानकारी गराउन समेत पाएका छैन ।

Logo