सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले भ्रष्ट्राचारका मुद्धालाई टुङ्गोमा पुर्याएरै छोड्ने प्रतिवद्धता जनाएकी छिन् ।
प्रेस सेन्टर नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले भुटानी शरनार्थी, ललितानिवासी र सुन प्रकरणका बिषयमा सरकारले अनुसन्धान जारी राखेको र त्यसलाई टुङ्गोमा पुर्याएरै छोड्ने बताइन् । घटनाको सत्यतथ्य बुझेर दोषीमाथी कारर्वाही गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।
सरकार गठन भएदेखि नै सुशासन र सेवा प्रवाहका बिषयमा ध्यान केन्द्रीत गरेको बताउँदै उनले बिगतमा भएका बदमासी पूर्ण कामहरुलाई उजागर गर्दै यस्ता घटना नियन्त्रण गर्न सरकारले अभियान नै चलाएको बताइन् ।
मुलुक न्याय र समृद्धिको पक्षमा अगाडी बढेको बताउँदै मन्त्री शर्माले खराव कुराका विरुद्ध लड्दै सरकार शुसासनका पक्षमा निरन्तर काम गरेको दाबी गरिन् ।































प्रतिक्रिया