नेकपा एमालेका उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख उद्योगी मोतीलाल दुगडले नियोजित रुपमा उद्योगीहरुलाई जेल पठाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
काठमाडौंमा एमालेद्वारा आयोजित वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा दुगडले आफूहरुलाई जेल हाल्ने षड्यन्त्र भइहरेको दाबी गर्दै सबैजना जेल गएर देशका जेल भरिदिने चेतावनी दिएका हुन् ।
‘सरकारले हामीहरुबीच साजिस गरिरहेको छ । हामीहरु विरुद्ध षड्यन्त्र भइहकेो छ । पर्दाफास हुनुपर्छ । तपाईहरुले मार्ग निर्देश दिनुपर्छ । यो हामी सबैको देश हो संकुचित समुहको देश होइन् ।’ उनले भने, ‘एकजुट भएर हुनुपर्छ । हामी एकजुट भएर लाग्यौँ भने यो देशमा हामीलाई हाल्नको लागि यति जेलका कोठाहरुले पुग्दैन । हामीहरु एक हुनुपर्छ । यदी हामीहरु एकजना जेल गयो भने हामीहरु सबै जेल जान तयार हुनुपर्छ ।’
विभाग प्रमुख दुगडले सरकारले आफूहरु विरुद्धको खेल बन्द गर्न चेतावनी दिए । उनले भने, ‘अब बन्द गर्नुस् यो खेल हामीलाई नपठाउनुस् जेल ।’ यो सरकारले कस्तो देश बनाउन खोजिरहेका छौं भन्ने प्रश्न उठाउँदै उनले साेधे- ‘तपाईहरुले कस्तो देश भविश्यका कर्णधारहरुलाई दिन खोजिरहनु भएको छ ?’





























प्रतिक्रिया