सुन प्रकरणमा सरकारको उपलब्धि क्वीन्टल भनिएको सुन ६१ किलोमा झर्‍याेः अध्यक्ष ओली

सुन प्रकरणमा सरकारको उपलब्धि क्वीन्टल भनिएको सुन ६१ किलोमा झर्‍याेः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष आयोग बन्न नदिएर सरकारले ३९ किलो सुन गायब बनाएको आरोप लगाएका छन् । 

पार्टीनिकट उद्योग विभागले काठमाडौंमा आयोजना गरेको वर्तमान आर्थिक अवस्था समस्या र समाधान विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले सरकारले आयोग बन्न नदिएर एक क्वीन्टल सुन ६१ किलोमा झार्न सफल भएको आरोप लगाएका हुन् । 

‘दिनमा एउटा आईटममा एक क्वीन्टलका दरले आएको देखियो । ३३ पल्ट त त्यही नाउँमा ब्रेक शुका नाममा आएको देखियो । एक दिन बाध्यता पर्यो कतैबाट समातियो । ४ सय ग्राम ब्रेक शुको वेट तर त्यो ब्रेक शु साढे ९ सय ग्राम त्यहाँ ५ सय ग्राम त्यहाँ सुन छ । सय किलो ६१ किलोमा झर्‍याे ।’ उनले भने, ‘एक क्वीन्टल भनिएको । यतिदिन सम्म आयोग बन्न नदिएर गरिएको काम के भने सय केजी बाट ६१ म झर्‍याे ।  यतिन्जेलसम्म आयोग बन्न नदिएर अहिलेसम्मको सफलता भनेको ६१ मा त झरिसक्यो ।’ 

Skip This
Skip This
Logo