कोशी प्रदेश सभाको बैठक बस्दै

कोशी प्रदेश सभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सभाको बैठक आज दिउँसो १ बजेका लागि बस्ने भएको छ।  साउन १५ गते अर्को सूचना नभएसम्म लागि स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आज बस्न लागिएको हो। 

आजको बैठकका लागि तीनवटा कार्यसूची निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार बाबुराम गौतमले सभामुख पदबाट दिएको राजीनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन गर्ने कार्यसूची रहेको छ। 

यस्तै प्रदेश सभा नियमावली, २०७४ को नियम ८१ को उपनियम (१) बमोजिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आर्थिक बर्ष २०८०-८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल हुने कार्यसूची पनि रहेको छ।

Skip This
Skip This
Logo