नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा छः उपप्रधानमन्त्री खड्का

नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा छः उपप्रधानमन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ निजामती ऐन सेवाग्राही र कर्मचारीको हितमा रहने स्पष्ट पारेका छन्।

नेपाल निजामती कर्मचारी युनियनको काठमाडौंमा भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारले ल्याउन लागेको निजामती ऐनले कर्मचारीको हितमा बन्ने बताएका हुन्। 

रक्षामन्त्री समेत रहेका खड्काले भने, ‘निजामती कर्मचारीको हक, अधिकार र हितको रक्षा नयाँ निजामती ऐनले गरेको छ। साथै नयाँ ऐनले आम नेपाली जनताले सबै सेवाहरू झण्झटरहित रूपमा सम्मानपूर्वक पाउने कुराको सुनिश्चित गर्नेछ।’ 

उनले सरकारले यतिबेला निजामती कर्मचारीलाई चाहेर पनि थप सेवा तथा सुविधा उपलब्ध गराउन नसक्ने पनि स्पष्ट पारे। उपप्रधानमन्त्री खड्काले भने, ‘यतिबेला देशको अर्थतन्त्रको अवस्थाबारे तपाईं जानकार नै हुनुहुन्छ, अर्थतन्त्रमा धेरै भार नपर्ने र निजामती कर्मचारीको हित हुने कैयन विषय ऐनमा समेटिएका पनि छन्। तर अर्थतन्त्रमा भार पर्ने विषय पछि विस्तारै  सम्बोधन गर्नुपर्ने अवस्था छ।’ उनले कर्मचारीलाई सम्बोधन गर्दै अहिले त्याग गर्ने बेला भएको भन्दै अर्थतन्त्र सुधार भएसँगै सबै समस्या सम्बोधन हुने समेत बताए।

Skip This
Skip This
Logo