प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका सम्झनालायक १२ काम (भिडियाेसहित)

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका सम्झनालायक १२ काम (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

२०७४ फागुन ३ मा प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओली यहाँसम्म आइपुग्दा विभिन्न आरोह अवरोह खेपेका छन् । इतिहासकै बलियो सरकारको रुपमा सत्ताको वागडोर सम्हाल्न आएका ओली आलोचनाका पात्र भइनै रहे । आफ्नै पार्टीबाट असहयोग हुँदा सत्ता समिकरण फेरबदल पनि भइनै रह्यो ।

अहिले चलिरहेको नेकपाको स्थायी कमिटी बैठकको माहोल हेर्दा पनि प्रधानमन्त्री ओली अप्ठ्यारो अवस्थाबाट गुज्रिएका छन् । अंकगणितमा बलियो देखिए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबाट सहयोग नहुँदा सरकारले क्षमताअनुसार काम गर्न नसकेको प्रष्ट देख्न सकिन्छ ।

यती प्रकरण, होली वाइन प्रकरण, निर्मला हत्या प्रकरण, चौरजहारी हत्या प्रकरण, सेक्युरेटि प्रिन्टिङ मेसिन खरिद प्रकरण, अध्यादेश जारी पछिको पार्टीभित्रको टकराब र कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब जस्ता घटनाले सरकार आलोचित भयो ।

अहिलेसम्म वर्तमान ओलीको नेतृत्वको सरकारले राम्रो भन्दा नराम्रो काम बढी गरेको देख्ने तप्काको पनि कुनै कमि छैन भने केपी ओलीलाई देशको महानायकको रुपमा व्याख्या गर्ने जमातको पनि कमि छैन । समग्रमा हेर्दा ओली नेतृत्वको सरकार यहाँसम्म आउँदा राम्रा नराम्रा दुबै काम भएका छन् । दुई वर्ष पूरा गरी तीन वर्षमा लाग्दै गर्दा विभिन्न राम्रा काम पनि भएका छन् । जुन इतिहासको पानामा स्वर्ण अक्षरले लेखिन लायक पनि छन् । हेरौँ वर्तमान ओली नेतृत्वको सरकारले गरेका केही उदाहरणीय काम ।

 

 

 

 

Logo