समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने

समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने

केन्द्रबिन्दु
0
Shares

सरकारको नेतृत्व गर्दै आएको माओवादी केन्द्रसहित चार राजनीतिक दल सहभागि रहेको समाजवादी मोर्चाले सात प्रदेशमा सन्देश सभाको आयोजना गर्ने भएको छ।

सन्देश सभाको स्थान र मिति तय गर्न आज साझा ६ बजे नेकपा एकीकृत समाजवादी (नेकपाएस)को केन्द्रीय कार्यालयमा समाजवादी मोर्चाको बैठक बोलाइएको हो।

सत्ता साझेदार माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एस चन्द नेतृत्वको माओवादी चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार साँझ छ बजेका लागि तय भएको नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले सन्देश सभाको निर्णय गरी जिम्मेवारीसमेत बाँडफाँट गरी व्यवस्थापनको काम अघि बढाउने छ। मोर्चालाई प्रदेश र जिल्ला तहमा विस्तार गर्नका लागि सन्देश सभा गर्न लागिएको हो। 

मोर्चाका अनुसार प्रदेश र जिल्ला तहमा संयोजन समिति रहने छ। कुनै पनि पार्टीका प्रदेशका अध्यक्ष तथा प्रमुख सहित प्रत्येक पार्टीबाट प्रदेशमा तीन/तीनजना र जिल्लामा दुई/दुई जना रहने छन्। प्रदेश र जिल्लामा सचिवालय पनि गठन गर्ने तयारी छ।

मोर्चाले कार्यविधि बनाएर चार पार्टीका अध्यक्ष रहने केन्द्रीय संयोजन समिति बनाएको छ। त्यसको मातहतमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, नेकपा एस उपाध्यक्ष प्रमेश हमाल, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा रहेको सचिवालय गठन गरेको छ। गतअसामर ४ गते समाजवादी मोर्चा घोषणा भएको हो। 

Logo