संसद्‌को अवरोध खुलाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

संसद्‌को अवरोध खुलाउन सर्वदलीय बैठक बोलाउने राष्ट्रपतिको तयारी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको जारी अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना साथै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई पनि शीतल निवास बोलाएर संसदको जारी अवरोध हटाउन आग्रह गरेका थिए।

तर, झण्डै एक महिना देखि संसद सुचारु नभएपछि राष्ट्रपति पौडेलले सोमबार वा मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई शीतल निवास बोलाउने तयारी गरेका हुन्। राष्ट्रपति कार्यालयले आज प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूको समयलाई समेत ख्याल गरेर बैठक तय गर्ने तयारी गरेको छ। 

‘राष्ट्रपतिले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता सहभागि हुनेगरी बैठक बोलाउने तयारी गर्नु भएको छ,’राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने,‘सोमबार वा मंगलबार हुनसक्छ। त्यसको टुंगो आज लाग्ला।’

प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि सुन तस्करीको छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै संसद अवरोध सुरु गरेपछि राष्ट्रपति पौडेलले साउन २५ गते प्रधनमन्त्री दाहाल, साउन २६ गते सभामुख घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र साउन ३१ गते विपक्षी दलका नेता ओलीलाई शीतल निवास बोलाएर छलफल गरेका थिए। तर,संसद सुचारु गर्नेमा सत्ता पक्ष र प्रतिपक्षबीच ठोस सहमति बन्न सकेको छैन।

Skip This
Skip This
Logo