प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू कलाकार बन्ने इच्छाबाट प्रेरित बनेको बताएका छन्।
शनिबार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’को अन्तिम प्रतिस्पर्धा हेर्न ललितपुरको गोदावरी पुगेका उनले यस्तो बताएका हुन्।
उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको भन्दै अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको उल्लेख गरे। उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए ।
“म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ। मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलोपटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ। आउने दिनमा पनि गर्ने नै छु । जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनासँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्दछ,” उनले भने, “आज यहाँका प्रस्तुति हेर्दै गर्दा हामी नेपालीहरू तपाईंहरूले नयाँ नेरेटिभ पनि बनाउनुभयो र हामी सात करोड छौँ भन्ने कुरा स्थापित गर्नुभयो । र, हामी जहाँ भए पनि नेपाली हौँ, नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छौँ भन्ने सन्देश गएको छ । धेरै शक्तिशाली सन्देश गएको छ ।”
कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापी रूपमा स्थापित गर्न भूमिका खेल्ने उनको भनाइ छ ।































प्रतिक्रिया