राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदनको अवरोध हटाउने कुरामा प्रतिपक्ष र सरकार दुवै पक्ष लचिलो भएको बताएका छन् ।
आईतबार संसद अवरोध हटाउन बसेको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसंगको बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष लिङ्देनले दुवै पक्ष सकारात्मक देखिएको बताए । उनले भने, ‘अहिले प्रमुख प्रतिपक्ष पनि लचिलो भएको छ । सरकार पनि लचिलो भएको छ । र हामीले दुवै पक्षलाई संसदको अवरोध समाप्तगर्ने दिशातर्फ पहल गरेका छौं ।’
सुन प्रकरणको विषयमाअहिले भईरहेको अनुसन्धानलाई पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गर्ने खालको कुरा भएको उनले बताएका छन् ।





























प्रतिक्रिया