प्रधानमन्त्रीले प्रमुख दलसँग छलफल गर्दै, के आउला त निष्कर्ष?

प्रधानमन्त्रीले प्रमुख दलसँग छलफल गर्दै, के आउला त निष्कर्ष?

केन्द्रबिन्दु
0
Shares

संघीय संसदको जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज पनि संघीय संसदमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री दाहालले सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन्।

आइतबार पनि प्रमुख दलहरूसँग छलफल गरेका प्रधानमन्त्रीले बैठक सकारात्मक भएको जनाउँदै सोमबार सहमतिमा पुग्ने जनाएका थिए। बैठकमा सहभागि नेताहरूले पनि छलफल सकारात्मक भएको जनाएका थिए। सोमबार पुनः बस्ने बैठकमा संसद सुचारु गर्नेमा सहमतिमा पुग्न सकिने धारणा राखेका थिए। 

बैठकमा सहभागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछानेका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने सकारात्मकता देखिएको बताएका छन्। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताएका छन्।

सुन तस्करीको छानविन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले साउन १० गते देखि संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्दै आएका छन्। संघीय संसद सुचारु नभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले समेत चिन्ता व्यक्त गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूको बैठक मंगलबार बिहान साढे आठ बजे शीतल निवासमा बोलाएका छन्। 

Logo