उपप्रधानमन्त्री खड्कालाई भेटे थाइल्याण्ड र म्यानमारका नेपाली भाषीका प्रतिनिधिले

उपप्रधानमन्त्री खड्कालाई भेटे थाइल्याण्ड र म्यानमारका नेपाली भाषीका प्रतिनिधिले

केन्द्रबिन्दु
0
Shares

थाइल्याण्ड र म्यानमारमा रहेका नेपाली भाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । 

रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्कासमक्ष आफ्ना पुर्खा पनि नेपाली भएको र धेरै वर्षदेखि विदेशमा रही सोही देशको नागरिकका रुपमा काम गरिरहेको बताए । साथै उनीहरुले आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरे । 

भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरे । 
    
उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानआकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’संग पनि  छलफल गर्ने आश्वासन दिए ।

Skip This
Skip This
Logo