राप्रपा अध्यक्ष लिङ्देन साउदी प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन साउदी प्रस्थान

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन साउदी अरब प्रस्थान गरेका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज,पानस साउदी अरब र पानस युएईको निमन्त्रणामा आयोजित कार्यक्रममा सहभागी हुन साउदी अरब प्रस्थान गरेका हुन्। 

सो पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार आज अपरान्ह्र साउदी अरबतर्फ प्रस्थान गरेका लिङ्देन नेतृत्वको टोलीमा केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख आनन्द अधिकारीसमेत सहभागी रहेका छन्।

अध्यक्ष लिङ्देन भदौ ९ गते साउदी अरबबाट दुबईतर्फ प्रस्थान गर्ने र दुवै देशका नेपाली संघसंस्थाका प्रतिनिधिसँग भेटघाट, न्तरक्रिया  कार्यक्रममा सहभागी हुने तथा राजदुतावास र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग छलफल गर्नेछन्।

‘त्यहाँ रहेका नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिने र स्थलगत अवलोकन गर्ने एवं प्रवासी नेपाली समाजद्वारा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुनु हुनेछ’ श्रेष्ठले भने। उनका अनुसार अध्यक्ष लिङ्देन भदौ १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Logo