राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बस्दै

राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठक आज फेरि बस्ने भएको छ। बुधबार शीर्ष नेताहरुको बैठक बसी सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठनका लागि प्रस्तावलाई अन्तिम रुप दिने भनिएपनि शीर्ष नेताको बैठक फेरि बस्ने भएको हो। 

राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरुबीच अझै पनि अन्तिम सहमति हुन सकेको छैन। मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक स्थगित भएको थियो।

हिजो दिउँसो दुई बजे बानेश्वरस्थित संसद भवनमा तोकिएको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक आजसम्मलाई स्थगित भएको हो।

Logo