संसदको गतिरोध अन्त्य गर्न दलहरुबीच दुईबुँदे सहमति, हस्ताक्षर हुन बाँकी

संसदको गतिरोध अन्त्य गर्न दलहरुबीच दुईबुँदे सहमति, हस्ताक्षर हुन बाँकी

केन्द्रबिन्दु
0
Shares

संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरुबीचको बैठकमा दुई बुँदे सहमतिको मस्यौदा तयार भएको हो । सहमतिपत्रमा औपचारिक रुपमा हस्ताक्षर भने केहीबेरमा हुने बताइएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनबारे बैठकमा छलफल भइरहेको छ । यसअघि बसेको बैठकले समिति गठनका लागि मस्यौदा बनाउने जिम्मा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई जिम्मेवारी दिएको थियो ।

Logo