प्रधानमन्त्रीलाई सांसद बास्कोटा प्रश्नः कुन शक्ति केन्द्रको रिमोटबाट देश चलेको छ ?

प्रधानमन्त्रीलाई सांसद बास्कोटा प्रश्नः कुन शक्ति केन्द्रको रिमोटबाट देश चलेको छ ?

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कुन शक्तिकेन्द्रको रिमोटबाट देश चलेको छ भन्दै प्रश्न गरेका छन् । 

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद बास्कोटाले मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै देश कहाँबाट चलेको छ भन्ने प्रश्न गरे । उनले कार्यकारी प्रमुख भएपछि त्यसको जवाफ प्रधानमन्त्री दाहालले दिनुपर्ने बताए । 

उनले भने, ‘एउटा अनौठो कुरा देखियो, १२ भाइ हो कि १७ भाइ हो, मूलधारे मिडियाका सम्पादकहरुसित प्रधानमन्त्रीले एउटा मिटिङ गरेको सुनियो र उहाँहरुले नै जानकारी गराएअनुसार खै के भइरहेको छ, कसले गरिरहेको छ, कहाँबाट प्ले भइरहेको छ मलाई थाहा छैन भन्ने प्रधानमन्त्रीको भनाइ हो, मिडियाबाट उद्धृत भएको । तर, म सोध्न चाहन्छु, देशको कार्यकारी को ? त्यस्तो भन्न मिल्छ कि मिल्दैन ? यो जवाफ दिनुपर्छ कि पर्दैन ? कहाँबाट चल्या छ ? त्यसो भए कुन शक्तिकेन्द्रले कुन रिमोटबाट देश चलाएको छ ? त्यसको जवाफ चाहियो नि !’

सांसद बास्कोटाले अहिलेको सरकारलाई ओभरनाईट सत्ता परिवर्तन सज्ञा दिँदै जनताको विश्वासको जगमा उठेको पार्टीको नेतालाई अपमान गर्ने दुस्साहस नगरोस् भन्दै चेतावनी दिए । 

Skip This
Skip This
Logo