नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान सरकारले भ्रष्टाचारका घटनामा गम्भीर ढंगले अनुसन्धानमा लागेको दाबी गरेका छन् ।
बिहीबार जनकपुरधामस्थित कांग्रेसको पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै नेता कोइरालाले वर्तमान सरकारले सुन तस्करी, ललितानिवास, नक्कली भूटानी शरणार्थी लगायतका काण्डहरु सुक्ष्मरुपले अनुसन्धान गरेको दाबी गरेका हुन् ।
उनले भने,‘वर्तमान सरकारले सुन तस्करी, ललिता निवास, नक्कली भूटानी शरणार्थी लगायतका काण्डहरु सुक्ष्म रुपले अनुसन्धान गरिरहेको छ । मुलुकमा भईरहेको वर्तमान घटनाहरुले मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा नराम्ररी विग्रेको छ, नेपाली कांग्रेसले अभिभावकत्व ग्रहण नगरे दिनप्रतिदिन छवि खराब हुँदै जान्छ ।’
नेता कोइरालाले नेपाल अहिले चिनियाँ, भारतीय र युरोपियन मुलुकका तस्करहरुको अखडा र ट्रान्जिट पोईन्ट बनेको टिप्पणी गरे । उनले वर्तमान सरकार विघटन हुने सम्भावना नरहेको बताउँदै प्रचण्ड नेतृत्वको सरकार तत्काल परिर्वतन नहुने बताए ।





























प्रतिक्रिया